IME Life New

१७ निर्जिवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ३ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले प्रथम त्रैमासको अवधिसम्ममा तीन अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार १७ निर्जिवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा ३ अर्ब माथि खुद बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये, जनरल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले चालु आर्थिक बर्ष प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

Esewa
Crest
कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा

पहिलो त्रैमासको अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्सलाई पछ्याउदै नेको इन्स्योरेन्सले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यसअघि निकै पछाडि रहेको नेकोले यस पटक शिखरलाई भेट्टाउने तरखरमा रहेको देखिएको छ ।

तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले तीन महिनाको अवधिमा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न फल भएको वित्तीय विवरणले देखाएको छ ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले २४ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २२ करोड २९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २१ करोड १७ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १९ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १९ करोड ५ लाख रुपैयाँ, आइएमई जनरल इन्सयोरेन्सले १५ करोड ८० लाख रुपैयाँ खुद बीमाशु्ल्क आर्जन गर्न सफल भएको सम्बन्धित कम्पनीको वित्तीय विवरणले देखाएको छ ।

पु्रडेन्सियल इन्स्योरेन्सले १४ करोड २६ लाख रुपैयाँ, युनाईटेड इन्योरेन्सले १३ करोड १३ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १२ करोड ११ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ११ करोड ५६ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ८ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड ९५ लाख रुपैयाँ, र सानिमा लाइफले ३ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS