IME Life New

१५ अर्बको नेपाल टेलिकमले १० वर्षमै दियो ७२ अर्ब ३० करोड नगद लाभांस, आजसम्म शेयर किन्नेले ४० प्रतिशत लाभांस पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको सबैभन्दा धेरै हिस्सा रहेको नेपाल टेलिकमले १० वर्षको इतिहासमा ७२ अर्ब ३० करोड रुपैयाँ नगद लाभांस वितरण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको ४० प्रतिशत नगद लाभांस सहित शेयरधनीले १० वर्षको इतिहासमा उक्त रकम प्राप्त गरेका हुन्। टेलिकमले घोषणा गरेको उक्त लाभांस आजसम्म शेयर खरिद गर्नेले प्राप्त गर्ने छन्।

गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिमा कम्पनीले ८ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको थियो। उक्त नाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ छ। टेलिकमले उक्त नाफाबाट शेयरधनीहरुलाई भने ४० रुपैयाँ दिदै छ। टेलिकमले हरेक वर्ष जगेडा कोषलाई प्राथमिकता दिदै आएको छ। यसले गर्दा १५ अर्ब पुँजी भएको टेलिकमको जगेडा कोषमा भने ७८ अर्ब १३ करोड रुपैयाँ छ।

Esewa
Crest

दोस्रो बजारमा अण्डर भ्यालु रहेको नेपाल टेलिकमको पिइ रेसियो ११.४८ गुणा बढि छ। जवकी यहि अवधिमा ब्लुचिप कम्पनीको रुपमा रहेको नविल बैंकको पिइ रेसियो ३७ गुणा बढि छ। हाल दोस्रो बजारमा नविल बैंकको शेयर मूल्य १२७४ रुपैयाँ छ।  कोभिड १९ का कारण मुनाफामा गिरावट भएकाले टेलिकमले यस वर्ष लाभांस घटाएको हो। अर्बौ रुपैयाँको सम्पत्ती रहेको यस कम्पनीको शेयर मूल्य भने अन्य कम्पनीहरुको तुलनामा खासै माथि जान सकेको छैन। सबैभन्दा धेरै नेपाल सरकारको हिस्सा रहेको नेपाल टेलिकममा सर्वसाधारणको शेयर हिस्सा ८.४८ प्रतिशत मात्रै छ। कम्पनीले हरेक वर्ष नगद लाभांसलाई मात्रै प्राथमिकता दिदा दोस्रो बजारमा अण्डर भ्यालु अवस्थामै रहने गरेको छ। अर्को तर्फ सरकारको सधै हस्तक्षेप रहने भएकाले दोस्रो बजारमा लगानीकर्ताको खासै आकर्षण देखिदैन।

टेलिकमले चैत १३ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तो छ कम्पनीको लाभांस वितरणको १० वर्षे इतिहास

कम्पनीकोे विगत १० वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने हरेक वर्ष नगद लाभांसलाई मात्रै प्राथमिकता दिदै आएको छ। सरकारी स्वामित्व बढि भएकाले टेलिकमले आफ्नो स्रोत र साधनको पुर्ण रुपमा सदुपयोग गर्न सकेको छैन। जगेडाको रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेर व्याज आर्जन गर्ने बाहेक व्यवसायका नयाँ क्षेत्रमा जान सकिरहेको छैन। यसले गर्दा पनि कम्पनीले आफुलाई थप चुक्ता पुँजीको आवस्यकता महशुस गरिरहेको छैन। विगत दश वर्षको अवधिमा मात्रै कम्पनीले ७२अर्ब ३० करोड रुपैयाँ नगद लाभांस प्रदान गरिसकेको छ।

यस अवधिमा कम्पनीले ४ सय ८२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।  १० वर्षको अवधिमा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ मा  ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको थियो। आज बुक क्लोजको दिन टेलिकमको दोस्रो बजारमा १२६८ रुपैयाँ पुगेको छ। आजसम्म शेयर किन्नेले प्रस्तावित ४० प्रतिशत नगद लाभांस प्राप्त गर्ने छन्। आजकै मूल्यमा शेयर किन्नेले पनि बैंकबाट प्राप्त गर्ने भन्दा बढि प्रतिफल प्राप्त गर्न सक्छन्। साथै दोस्रो बजारको पुँजीगत लाभ पनि प्राप्त गर्ने छन्।

टेलिकमको विगत १० वर्षको लाभांस 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS