IME Life New

१० वटा बीमा कम्पनीद्वारा वित्तीय अनुशासन उल्लंघन, वित्तीय विवरण सार्वजनिक गर्न ढिलाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नियमनकारी निकाय बीमा समितिको प्रभावकारी नियमन नहुँदा बीमा कम्पनीहरु वित्तीय अनुशासन समेत उल्लंघन गर्न थालेका छन् । कूल ३९ वटा बीमा कम्पनी तथा एक वटा पुनर्बीमा कम्पनी रहेकोमा ३० वटा कम्पनीहरुले निर्धारित समयमा वित्तीय विवरण सार्वजनिक गरिसकेका छन भने १० वटा कम्पनीहरुले साउन मसान्तभित्रमा वित्तीय विवरण सार्वजनिक गर्न सकेनन् ।

सार्वजनिक नगर्नेमा एक पुनर्बीमा कम्पनी, तीन जीवन बीमा कम्पनी र छ वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । वित्तीय अनुशासनमा नबसी निर्धारित समयभित्र वित्तिय विवरण सार्वजनिक नगर्ने कम्पनीमाथि बीमा समितिले आवश्यक कारवाही गर्न सक्नेछ ।

Crest

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक अनुशासनमा बस्नेबारेमा बीमा कम्पनी स्वयम्ले सोच्नुपर्ने बताए । उनले भने, ‘बीमा अनुशासनभित्र बस्नु पर्यो । बीमा समितिको निर्देशन त मान्नुपर्दछ भनेर कम्पनीहरुले पनि सोच्नुपर्दछ ।’

साउन मसान्तभित्र वित्तीय विवरण सार्वजनिक नगर्ने बीमा कम्पनीहरु
राष्ट्रिय बीमा संस्थान
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी
सगरमाथा इन्स्यारेन्स कम्पनी
जनरल इन्स्योरेन्स कम्पनी
नेशनल इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनी
ओरियन्टल इन्स्योरेन्स कम्पनी
शिखर इन्स्योरेन्स कम्पनी
नेपाल पुनर्बीमा कम्पनी

उल्लेखित बीमा कम्पनीहरुले आव २०७५/०७६ को वित्तीय विवरण साउन ३२ गते शनिबारसम्म कुनै पनि सार्वजनिक सञ्चार माध्यममा प्रकाशन गरेका छैनन् भने यो समाचार तयार गर्दासम्म (मध्यान्ह १२ बजे) आफ्ना वेभसाईटहरुमा अपलोड समेत गरेका छैनन् ।
बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनमा वित्तिय विवरण फरक पर्ने गर्दछ । त्यस्तै वित्तीय विवरण तयार गर्दा समेत जोखिम हिसाब किताब गर्नुपर्ने हुँदा केही समय भने लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS