IME Life New

१० महिनामा ठूला निर्जीवन बीमकको व्यापार पौने ३३ अर्ब बढी, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुले पौने ३३ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले वैशाखसम्म २३ लाख ९३ हजार १८२ वटा बीमा पोलिसी बिक्री गरी ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Crest

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS