IME Life New

हिमालय ऊर्जाको लिलामी शेयर उठाउने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको लिलामीमा राखेको शेयरमा खरिद आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ।

गत असोज ७ गतेबाट कम्पनीको अवितरित १४ लाख ४६ हजार ३५८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयसम्म यो शेयरमा खरिद आवेदन दिन सक्नेछन्।

Crest

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो। त्यस क्रममा बिक्री हुन बाँकी शेयर लिलामी प्रक्रियाबाट बेच्न राखिएको हो।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने कुनै हद तोकिएको छैन।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका साथै नबिल बैंकका शाखाहरु विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS