IME Life New

हिमालयन बैंकको पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । आव ०५०/५१ देखि ०७१/७२ सम्मको लाभांश लिन आग्रह गरेको हो ।

कतिपय शेयरधनीले हालसम्म पनि लाभांश तथा बोनस शेयर लिन नआएको र बैंकलाई उपलब्ध गराएको ठेगानामा लाभांश पूर्जा तथा बोनस शेयर पठाउदा समेत सम्बन्धित व्यक्ति फेला नपरेको र ठेगाना अस्पष्ट भएको कारणले बैंकमा फिर्ता आएको छ ।

Esewa
Crest

सोही कारण हालसम्म पनि लाभांश पूर्जा र बोनस शेयर प्राप्त नगरेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र लिई हिमालयन क्यापिटलमा यो सूचना जारी गरेको एक महीना भित्र सम्पर्क राखी लाभांश पूर्जा तथा बोनस शेयर बुझी लिन बैंकले अनुरोध गरेको बैंकले जनाएको छ ।

साथै बैंकमा विभिन्न मितिमा चल्ती तथा बचत निक्षेप खाता खोली विगत दस वर्ष वा सो भन्दा बढी समयदेखि ती खाताहरु सञ्चालन नगरेका निक्षेपकर्ताले आफ्नो चल्ती तथा बचत निक्षेप खाता मा रहेको सम्बन्धित शाखामा आवश्यक कागजात हित यथाशिघ्र सम्पर्क गरी आफ्नो खातालाई नियमित गराउन बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS