IME Life New

हिमालयन बैंकको नाफा ३७ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडों । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। घिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०० दशमलव ९५ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन मुनाफा ११४ दशमलव ८१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप ६३ दशमलव ४७ प्रतिशतले बृद्धि भएको छ । कर्जा लगानी ५६ दशमलव ४२ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS