IME Life New

हिमालयन डिष्टीलरीको शेयर अहिले उचालिएर किन्नु कति खतरनाक?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनसको बुक क्लोज भएपछि आईतबार कारोबार खुल्दा बिक्रेता नै नभई सर्किट लागेर किनबेच भएको छ । ३८७२ रुपैयाँमा किन्छु भन्नेले समेत शेयर खरिद गर्न पाएका छैनन् ।

मध्यान्ह १२ बजेसम्मको अबस्था हेर्दा झण्डै चार सय जनाले ३७ हजार कित्ता सेयर माग गरेका छन् भने बिक्रेतातर्फ कोही पनि देखिएका छैनन्।सर्किटको मूल्य अर्थात ३५२ रुपैयाँ मूल्य बढेर १० हजार भन्दा बढी कित्ता किनबेच भएको अबस्था छ ।

Esewa
Crest

आज किनेको शेयर बुक क्लोजको कारण ढिला खरिदकर्ताको खातामा आउने हुँदा चार कार्य दिनमा लगानीकर्ताले खरिद गरेको सेयर पाउने छैनन् ।आजको चार दिनसम्म नयाँ शेयर आपूर्ति नहुने भए पनि पुराना शेयरधनीले भने आफ्नो खातामा भएको सेयर महंगो मूल्यमा बिक्री गर्ने अवसर पाउने छन् ।

नागरिक लगानी कोषको ८० प्रतिशत हकप्रदको बुक क्लोज भएपछि केही दिनसम्म सर्किट लागेर ३७०० रुपैयाँ भन्दा माथि पुगेको थियो । तर अहिले त्यसको सेयर मूल्य घटेर ३४०० रुपैयाँ भन्दा तल झर्ने अबस्था आएको छ ।

हिमालयन डिष्टीलरी र नागरिक लगानी कोषको वित्तीय र अन्य अबस्था जे सुकै भए पनि बुक क्लोजपछिको सेयर आपुर्ति र मूल्य बढाईमा भने समानता देखिने संभावना छ ।भोलि वा पर्सीसम्म लगातार मूल्य बढेर माथि पुग्ने र त्यसपछि सेयर आपुर्ति बढेर धान्नै नसकिने अबस्था आउने उस्तै खतरातर्फ पनि लगानीकर्ताले ध्यान पुर्याउनु आबश्यक छ ।

हिमालयन डिष्टीलरीका संस्थापक सेयरधनीले समेत बोनस पच भएको र मूल्य बढेको मौका सेयर बेच्न सक्ने संभावना हेर्दा माग र आपुर्तिमा अस्थायी असन्तुलनको चरम खतरा छ ।

विगतमा हिमालयन डिष्टलरीका संस्थापकले सेयर बिक्रीमा ल्याउँदा मूल्य उल्लेखनीय रुपमा घटेको थियो । लगानीकर्ताले आफ्नो जोखिमवहन गरी गर्ने लगानीलाई अन्यथा भने भन्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS