IME Life New

हिमालयन जनरलको अधिकांश सूचक गिरावट, यस्तो देखियो वित्तीय अवस्था ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकहरुमा गिरावट आएको वित्तीय विवरण प्रकाशन गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशतले घटेको हो गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Crest

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता बृद्धि भएको छैन । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जगेडा कोषमा भने ५० प्रतिशतले सञ्चिती बढाएको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड १ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कोष १५ प्रतिशतले वृद्धि हुँदै ४९ करोड २७ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४२ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

कुल बीमा शुल्क आर्जन रकम भने ४७ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले २४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दावी भुक्तानी पनि ३१ प्रतिशतले गिरावट भई ५ करोड १८ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ४३ पैसा रहेको छ । किताबी मूल्य १ सय ७७ रुपैया ४४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS