IME Life New

हिमालयन क्यापिटलद्वारा पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पूँजी बजारको दिगो बिकासमा सदैव प्रतिबद्ध रहेको यस हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै पूँजी बजारको बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हिमालयन क्यापिटलले मंसिर २३ गते देखिमंसिर २८ सम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।
हिमालयन क्यापिटल लिमिटेडका प्रमुख, अनुपालन विभागका, निमेष प्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको  सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने  उद्देश्यको साथ कार्यक्रम संचालन गरिएको थियो।
उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई लाभान्वित हुने बिश्वास रहेको छ । कार्यक्रमका सहभागी विद्यार्थीहरुले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए साथै हिमालयन क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS