IME Life New

हालसम्मकै ठूलो आईपीओ भोलिदेखि खुल्दै, कति कित्ता आवेदन दिदा ठिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशकै सबैभन्दा ठूलो चुक्ता पुँजि भएको नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्बको आईपिओ भोलि माघ २ गतेदेखि विक्री खुला हुने भएको छ । बैंकले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।

Esewa
Crest

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।

प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो हालसम्मकै ठुलो आइपीओ भएकाले एक जनालाई ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। त्यसर्थ न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने सम्भावना छ ।

चुक्ता पुँजि २० अर्ब लक्ष्य राखेर स्थापना गरिएको बैंकको १२ अर्ब संस्थापक शेयरधनीहरुको लगानी रहेको छ भने ८ अर्व सर्वसाधारणको लगानी गरिने शेयर संरचना छ ।

त्यस्तै नागरिक लगानी कोषले बैंकको आईपीओलाई प्रत्याभूत (अण्डरराइट) गरिसकेको छ । २०७५ फागुन २२ गतेदेखि नै स्थापना भएको बैंकको अहिले पनि पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS