IME Life New

हाईड्रोपावरका शेयरमूल्य ५० बाट तल झर्यो, लगानीकर्तादेखि पैसा उठाउने एजेण्टसम्मलाई तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही समय यता हाईड्रोपावरको शेयर मूल्य निरन्तर घट्ने क्रम जारी छ । विद्युत उत्पादन गर्ने अभियानमा रहेका २० भन्दा बढि उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेका छन् । केहीले उत्पादन गरेर पनि प्रशारण लाईनमा विद्युत जोड्न नसक्दा संकटग्रस्त अवस्थामा पुगेका छन् जसका कारण धेरै कम्पनीको दोश्रो बजारमा मूल्य एक सय रुपैया भन्दा तल आइसकेको छ ।

आईपीओ निष्काशन गरिएको मूल्य भन्दा बजार मूल्य थोरै हुने थालेको अवस्थामा हाईड्रोपावर कम्पनीको आइपीओ बिक्री गर्न नै अप्ठेरो अवस्था आएको छ । स्थानीय जनताले नै हाईड्रोपावरमा लगानी गर्न छाडेका छन् भने “अण्डरराईटर“लाई पनि हाईड्रोपावरको आईपिओले तानव दिन थालेका छन् ।

Esewa
Crest

आईपिओ भन्ने वित्तिकै आँखा चिल्मेर लगानी गर्न आउने नेपाली प्राथमिक बजारमा हाईड्रोपावरमा भन्ने फरक प्रकारको ट्रेण्ड देखिएको छ । असोज २ गते साताको अन्तिम कारोवार दिन नेपाल स्टक एक्सेञ्जमा एउटा हाईड्रोपावर कम्पनीको बजार मूल्य प्रति कित्ता ५० रुपैया भन्दा मुनी पुगेर बन्द भयो । खानीखोला हाइड्रोपावरको बजार मूल्य प्रति कित्ता ४९ रुपैयाँमा झरेको ४ दिन भएको छ । त्यस्तै अन्य कम्पनीहरुको अवस्था पनि निकै कमजोर छ ।

हाईड्रोपावरको दोश्रो बजारको मूल्यमा आएको ठुलो गिरावटको सबै भन्दा ठुलो मर्कामा हाईड्रोपावरमा प्रमोटर शेयरमा लगानी गर्ने परेका छन् । कम्पनीको आईपिओ आएको ३ वर्षमा सम्पूर्ण सस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुने लोभले लगानीकर्ताहरुले ठुलो रकम हाईड्रोपावरको सस्थापक शेयरमा गएको छ ।

दोश्रो बजारमा हाईड्रोपावरको बजार मूल्यमा पहिरो जादा ३ वर्षे लकिङ्ग अवधि समाप्त भए पश्चात आफुले हालेको पुँजी पनि आउने सम्भवना कम हुँदै जाँदा धेरै लगानीकर्ताहरु निराश हुन पुगेका छन् । लकिङ्ग अवधि समाप्त भएको बेला हकप्रद शेयर निष्काशन गरेर आफु आयोजनाबाट निस्कने कार्ड पनि धेरैले प्रयोग गर्ने सोचमा थिए तर अंकित मूल्य भन्दा पनि थोरै बजार मूल्य हुँदा सो सपना पनि अहिलेको अवस्थामा तुहिएको छ ।

लगानीकर्ताहरुलाई अप्ठेरो पर्यो पर्यो तर अर्को तनावमा हाइड्रोपावरको सस्थापक शेयर भन्दै पैसा उठाउने एजेन्ट छन् । कमिसनको लोभमा धेरैले आफ्ना साथीभाई, इष्टमित्रसँग पैसा उठाएर हाईड्रोपावर कम्पनीको सस्थापक शेयरधनी बनाएका थिए । तर अब हाईड्रोपावरको शेयरको मूल्य लगातार घट्न थालेपछि आफन्तलाई शेयरधनीमा फसाउने एजेन्टहरुको घरको बास हुन छोडेका छ ।

अहिले हाईड्रोपावरको यो अवस्था आउँदा उनीहरु साथीभाई इष्ट मित्रको अगाडी मुख नै देखाउन नामिल्ने अवस्था मा पुगेका छन् भने केहीले आफ्नो नम्बर नै परिवर्तन गरेर अर्कै पेशामा लाग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS