IME Life New

स्वास्थ्य बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत, ५० प्रतिशत घरपरिवारलाई समेट्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बोर्डले चालु आर्थिक वर्षका लागि १७ वुँदे नीति तथा कार्यक्रम तयार पारेको छ । जसमा बोर्डको संघठनात्मक संरचनामा परिवर्तन गर्नेदेखि लिएर दाबी भुक्तानीलाई सहज बनाउन नयाँ सफ्टवेयर निर्माण गर्ने तथा ३३ प्रतिशत मात्रै घरपारिवार यस कार्यक्रममा समेटिएकोमा यस वर्ष ५० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको सहज पुहँच तथा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता साथै नागरिकको स्वास्थ्य सेवा लिंदा हुने व्यक्तिगत खर्च घटाउदै लैजाने लक्ष्यका साथ २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा करायक्रम हाल ७७ जिल्लाको ७४६ वटा स्थानीय तहमा लागु भइसकेको छ ।

Esewa
Crest

नेपालको संविधान २०७२ ले हरेक नेपाली नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने र कुनै पनि नागरिकलाई आकस्मिक सेवाबाट वञ्चित गरिने छैन भनि व्यवस्था गरेको छ । आधारभुत स्वास्थ्य सेवाले नसमेटेका सेवाहर स्वास्थ्य बीमा कार्यक्रम मार्फत नागरिकहरुलाई सुनिश्चित गर्दै स्न २०३० सम्म सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्यमा पुग्नका लागि स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले चालेका कदमहरुमध्ये स्वास्थ्य बीमा कार्यक्रमको भुमिका रहेको छ ।

नेपाल सरकारको १५ औ योजना अवधिमा ६० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने लक्ष्य अनुसार विस्तार गर्न बाँकी रहेका ७ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७९/८० मा लागु गरिने भएको छ । आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने बोर्डको योजना छ ।

बोर्डले आफ्नो नीति तथा कार्यक्रममा बोर्डको स्थायी संघठन संचरनालाई यस वर्ष पुरा गर्ने कार्यक्रम बनाएको छ । यस आर्थिक वर्षमा स्वास्थ्य बीमामा आवद्ध घरपरिवारको संख्या ३३ प्रतिशतबाट ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । बीमा दाबीलाई सरल र सहज बनाउन नयाँ सफ्टवेयर निर्माण गर्ने कार्यक्रम बनाएको छ ।

हेर्नुहोस् बोर्डका १७ बुँदे नीति तथा कार्यक्रमहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS