IME Life New

स्वास्थ्य बीमा बाेर्डले थप रु. १ अर्ब ८९ कराेड भुक्तानी गर्‍याे, दुर्गा प्रसाईंले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । स्वास्थ्य बीमा बाेर्डले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य स‌ंस्थाहरूलाई बीमा दाबीवापत थप १ अर्ब ८९ कराेड रुपैयाँ साेधभर्ना उपलब्ध गराएकाे छ। बाेर्डले कूल ३४७ वटा स्वास्थ्य स‌ंस्थालाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराएवापत याे रकम उपलब्ध गराएकाे हाे ।

बाेर्डका अनुसार बैशाख २६ गते बसेकाे बाेर्डकाे दाबी भुक्तानी समितिकाे बैठकले पूर्ण तथा आ‌ंशिक दाबी, पेश्की र बेरूजु फर्छ्याैट समेत गरी याे रकम उपलब्ध गराउने निर्णय गरेकाे थियाे ।

Esewa
Crest

बाेर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा झण्डै १० अर्ब ४४ कराेड रूपैयाँ दाबी भुक्तानी गरिसकेकाे छ। बोर्डले चालु आर्थिक वर्ष भित्र विभिन्न ७ किस्तामा याे रकम सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।

यसअघि बोर्ड संञ्चालक समितिको चैत २ गते बसेको बैठकले ३४७ वटा सेवा प्रदायक संस्थाहरुलाई एक अर्ब ६३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेकाे थियाे ।

बोर्डले यसअघि चालु आर्थिक वर्ष २०७९।८० मा २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, ६६ करोड ८१ लाख रुपैयाँ, १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, १ अर्ब १८ करोड ६ लाख रुपैयाँ, १ अर्ब ३२ करोड ६५ लाख, १ अर्ब ५५ कराेड रुपैयाँ भुक्तानी गरेको थियो।

Health Insurance Claim FY 7980

यसअघिका दाबी भुक्तानीहरूमा सर्वाधिक रकम पाउने दश अस्पतालकाे सूचीमा दरिने गरेकाे झापाका व्यापारी दुर्गा प्रसाई‌ंकाे बि एण्ड सी अस्पतालले यसपटक जम्मा २३ लाख १० हजार रूपैयाँ दाबी भुक्तानी पाएकाे छ। बि एण्ड सी अस्पतालले मात्र बाेर्डबाट चालू आर्थिक वर्षकाे गत फागुन सम्ममा मात्र २५ कराेड ६० लाख रुपैयाँ दाबी भुक्तानी लिई सकेकाे थियाे।

र याे पनि पढ्नुहाेस्ः

स्वास्थ्य बीमा कार्यक्रममा फर्जी दाबीकाे बाढी, बाेर्डले कारवाही नगर्दा प्राेत्साहन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS