IME Life New

स्वावलम्बन लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धरान । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय धरानले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । धरानवाट समूहमा आवद्द भई कारोवार गर्ने सदस्यहरुको मृत्यू पश्चात मृतकको परिवारलाई बीमावापतको रकम हस्तान्तरण गरिएको जनाएको छ ।

मंसिर महिनामा मृत्यू भएका सदस्यहरु धरान ८ की निर्मला सार्कीको परिवारलाई दुई लाख असि हजार रुपैयाँ र धरान १७ कि शिव माया वुढाथोकीको परिवारलाई दुई लाख दश हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

त्यस्तै सदस्यका श्रीमान् तथा संरक्षकको मृत्यूमा प्रति व्यक्ति पचास हजारका दरले बीमा सुविधा उपलव्ध गराईएको छ । मंसिर महिनामा वीमा सुविधा पाउनेहरुमा एलिन श्रेष्ठ,कृष्ण वहादुर खड्का,जित वहादुर श्रेष्ठ,शंकर विकर मकर जंग लिम्वु गरी जम्मा ५ जना मृतकका परिवारहरु रहेका छन् ।

२०५१ देखी लघुवित्त कार्यक्रम गरी रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यलय धरानले अघिल्लो आर्थिक वर्षमा १० जना सदस्य तथा ३ जना श्रीमान् तथा संरक्षकको मृत्यूमा वीमा सुविधा उपलव्ध गराएको थियो ।

स्वावलम्बनले अमेरीकन लाइफ इन्स्योरेन्स कम्पनी सँग साझेदारी गरी ऋणि सदस्यको सामान्य मृत्यु साथै दुर्घटनावाट अंगभंग भएमा ऋणको १४० प्रतिशत तथा दुर्घटनावाट मृत्यू भएमा २८० प्रतिशत तथा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरी श्रीमान् तथा संरक्षकको मृत्यु भएमा ५० हजारका दरले बीमा सुविधा उपलव्ध गराइने संस्थाले जानकारी दिएको छ ।

हालसम्म संस्थाले नेपाल अधिराज्य भर १४० वटा शाखा कार्यलय मार्फत २,४३,००० ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा उपलव्ध गराई रहेकोे यस संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम तिव्र रुपमा संचालन गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS