IME Life New

स्थानीय प्रहरी र स्वास्थ्य संस्थाको सहकार्यमा मिर्मिरे लघुवित्तद्धारा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरे, सुर्खेतले स्थानीय प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा स्वास्थ्यका लागि जनचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु साथै समुदायका अन्य महिलाहरु लाई समेटेर पाठेघरको मुखको क्यानसर, वित्तीय साक्षरता विषयमा जनचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा लगभग ९० भन्दा बढि महिला सदस्यहरुको उपस्थिति रहेको थियो । महेलखना अस्पतालका प्रमुख रुपा रावल को आथित्यतामा संचालित उक्त कार्यक्रममा पाठेघरको मुखको क्यानसरको लक्षण, उपचारको उपाय, महिनावारी सरसफाई, तथा वाल विबाह, वित्तिय साक्षरता भनेको के हो ? यसको महत्व, यसबाट महिलाहरुलाई हुने फाइदा जस्ता विषयमा पावर प्वाइन्टको माध्यमबाट जानकारी गराइ अन्तरक्रिया समेत गरिएको थियो ।

Esewa
Crest

कार्यक्रमको समापनमा बोल्दै प्रतिनिधिहरुले वित्तीय संस्थाको आयोजनमा अरु संस्था तथा समाजमा काम गर्ने अन्य निकाय लाई पनि आफुनो सँग जोडेर कार्यक्रम गरेकाले उक्त कार्य उदाहरणीय भएको र आउँदा दिनमा समेत सहकार्य गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, कर्जा असुलि तथा व्यवस्थापन विभागका सुरेश खड्का, महेलकुना प्रहरी चौकीका प्रतिनिधि, महेलकुना अस्पतालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS