IME Life New

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ४० प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस अवधिसम्ममा आइपुग्दा बैंकको नाफा ४० दशमलव ६९ प्रतिशतले घटेर ७२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो आर्थिक वर्ष यसैअवधिमा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा घटेकाले पनि नाफा घटेको छ।

Esewa
Crest

साथै, खराब कर्जा बढेकाले पनि बैंकको नाफामा असर गरेको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ३७ दशमलव २८ प्रतिशत ले घटेर १ अर्ब १५ करोड २१ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।

साथै, संचालन नाफा पनि ४० दशमलव ६९ प्रतिशतले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँमा सिमित भएको छ। खराब कर्जा १ दशमलव ३७ प्रतिशतले बढेर १ दशमलव ५४ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँ ६५ पैसाले घटेर वार्षिक १६ रुपैयाँ ९८ पैसा कमयम भएको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS