IME Life New

स्टक ब्रोकर्सको नयाँ कार्यसमिति छान्न चुनाव हुँदै, को-को छन् उम्मेदवार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको नयाँ कार्यसमिति चयन गर्न चुनाव हुने भएको छ।

स्टक ब्रोकर्सको नयाँ कार्यसमितिको प्रतिनिधित्व उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको छ। मतदान दिउँसो साढे २ बजेबाट काठमाडौंको एभरेष्ट होटलमा हुनेछ।

Crest

दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमितिको अध्यक्षमा सागर ढकाल र राजकुमार तिमिल्सिनाले उम्मेदवारी दिएका छन्। यसअघि ढकाल धितोपत्र ब्रोकर्सका अध्यक्ष थिए।

यसैगरी उपाध्यक्षमा पनि दुईजनाको उम्मेदवारी पारेको छ। उपाध्यक्षमा नितेशकुमार अग्रवाल र पुरुषोत्तम लम्सालको उम्मेदवार परेको हो।

नयाँ कार्यसमितिको महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैह्रे, कोषाध्यक्षमा मदन पौड्याल र मनीष अर्याल तथा सचिवमा कृष्ण गिरी र विनय रेग्मीको उम्मेदवारी परेको छ।

त्यस्तै सदस्यमा ८ वटाको उम्मेदवारी परेको छ। सदस्यमा अतितलाल श्रेष्ठ, जयन्त श्रीवास्तव, हरिप्रसाद वाग्ले, विशालकुमार अग्रवाल, रुद्रप्रसाद शर्मा, प्रियन्सु अग्रवाल, सम्राट श्रेष्ठ र जेलिना शर्माको उम्मेदवारी परेको हो।

हिजो बिहीबार स्टक ब्रोकर्सको ३० औँ वार्षिकोत्सव साधारणसभा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS