IME Life New

सेन्ट्रल फाइनान्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा आजदेखि जम्मा गर्ने भएको छ । कम्पनीले हितग्राही खातामा उपलव्ध भएको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीको फागुन १६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने भएको जनाएको छ ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS