IME Life New

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवा सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउने भएको छ।

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ ।

Esewa
Crest

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS