काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर हुँदा कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।


















