IME Life New

सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ५० हजार ८०१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Crest

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। यसका लागि ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलमा निवेदन दिन सकिनेछ।

संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS