IME Life New

सूर्योदय लघुवित्तको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यसअवधिमा संस्थाको नाफा १६ प्रतिशतले घटेर १ करोड १८ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ अर्ब ४१ करोड ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

२१ करोड ५० लाख ४२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १२ करोड ८१ लाख १० हजार रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ र जगेडा कोष १२ करोड ७९ लाख ५६ हजार रुपैयाँ थियो।

Esewa
Crest

सूर्योदयको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्ष ३ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १ करोड ५५ लाख ५६ हजार रुपैयाँ घटेर ४७ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप ६८ करोड ६५ लाखबाट बढेर १ अर्ब २० करोड ७५ लाख रुपैयाँ, सापटी १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ७७ करोड र कर्जा लगानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४१.९१ गुणा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS