IME Life New

सूर्या लाइफ इन्स्योरेन्स १३ औं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले स्थापनाकाल देखि हालसम्म  ३ लाख ६४ हजार भन्दा बढी बीमालेखको विक्री गरी ९ अर्व १७ करोड रुपैयाँ बीमाशुल्क कुल आर्जन गर्न सफल भएको छ ।

साथै कम्पनीले आ.व. २०७६/७७ को चैत्र मसान्तसम्म रु. १७९.९१ करोड बीमाशुल्क आर्जन गरेको छ । आफ्ना सेवाग्राही, बीमित, अभिकर्ता तथा सरोकारवालाहरुको राय सुझावका आधारमा आगामी दिनमा समय सापेक्ष जीवन बीमा योजनाहरु क्रमशः सञ्चालनमा ल्याउन कम्पनी क्रियाशील एवम् प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लक डाउन गरेको अवस्थामा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेकोले उक्त “लक डाउन” अवधि भरका लागि संक्रमणबाट सजग रहने आवश्यक प्रवन्ध मिलाई कम्पनीले न्यूनतम् सेवालाई निरन्तरता दिनुको साथै आफ्ना बीमित, सेवाग्राही तथा अभिकर्ताहरुलाई देहाय बमोजिमको सुविधा प्रदान गर्ने आवश्यक ब्यवस्था मिलाएको छ ।

कम्पनीले लकडाउन अवधिभर आफ्ना सम्पूर्ण बीमित, अभिकर्ता तथा सेवाग्राही, सरोकारवाला महानुभावहरुलाई जीवन बीमा सम्बन्धी सेवा, परामर्स एबम् जानकारी आदि प्रदान गर्न आधिकारीक ब्यक्तिहरुको मोवाईल नं. ९८५११२१६७८, ९८५१००५९६१, ९८५११४७६५७ मा सम्पर्क गरी सेवा लिन सक्ने ब्यवस्था समेत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सम्पूर्ण देशवासीको सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारबाट भैरहेको प्रयासमा आ–आफ्नो घरमै बसी यस असामान्य घडीमा धैर्यता तथा संयमता प्रस्तुत गरी सक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणको कार्यमा साथ दिन सम्पूर्ण सेवाग्रही, अभिकर्ता, बीमित, सरोकारवाला तथा सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS