IME Life New

सूचना प्रविधिको उपयोग गरी बीमा व्यवसाय फैलाउँदै :एनबी थापा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनबी थापा, नेपाल लाइफ इन्स्योरेन्स, एजेन्सी म्यानेजर

शेयर बजार र स्वास्थ्य सेवामा आवद्ध एनबी थापालाई बीमा क्षेत्रले दुुई वर्षअघि डोर्यायो । करिब चार वर्षअघि शेयर बजारमा प्रवेश गरेका थापा बीमा क्षेत्रमा भने अनुसन्धान गर्ने शिलसिलामा जोडिए ।

आजभन्दा दुई वर्ष पहिले बीमा सम्बन्धि जिज्ञासा लिएर बीमा क्षेत्र के हो भनेर बुझ्ने प्रयास गरेका थापालाई बीमा अभिकर्ता पेशाले नै आकर्षणमा पार्र्यो । अभिकर्ता पेशामा आकर्षित भएका थापालाई शुरुमा बीमा गर्न धेरै गाहे भयो । उनी भन्छन्, “धैर्य र निरन्तरताले नै मानिसलाई सफल बनाउने रहेछ, अभिकर्ता पेशाको लाइसेन्स लिएको पाँच महिनापछि पहिलो बीमा गराए ।” थापा अहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा  एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।

Crest

थापा भन्छन्, “अभिकर्ता पेशा चाडै सफल हुने पेशा भने होईन्, निरन्तरता र धैर्यतालाई आत्मसाथ गर्ने व्यक्ति भने यो पेशामा सफल हुन्छन् ।” त्यहि काम प्रतिको निरन्तरता र धैर्यतालाई सफल सुत्र ठान्दै थापा आफ्नो पेशाप्रति लागि परि रहे । र त आज उनी अभिकर्ता पेशा प्रति सन्तुष्ट र सफल छन् ।

सिन्धुपालञ्चोक हेलम्बु घर भएका थापा अहिले काठमाडौँको बुढानिलकण्ठ पैयुँटारमा बस्दै आएका छन् । अभिकर्ता पेशासँगसँगै मेडिकल, शेयर मार्केट र बीमा सम्बन्धी युट्युव च्यानलमा समेत उस्तै व्यस्त रहन्छन् उनी । उनी ट्राभल एण्ड टुरमा पनि व्यस्त रहन्छन् ।

थापा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छन् । सामाजिक सञ्जालबाटै उनी आम सर्वसाधारणसँग बीमाको प्रस्ताव राख्छन् । बढ्दो प्रविधिको उपयोग उनले अभिकर्ता पेशामा मज्जाले उपयोग गरेका छन् । थापा बीमा प्रस्ताव लिएर घरघर जानु भन्दा पनि प्रविधिकै उपयोग गर्न रुचाउँछन् । बीमा सम्बन्धि विभिन्न सन्देशमूलक जानकारीका साथै सामाजिक सञ्जालमा बढी सक्रिय हुन्छन् । आफ्नो युट्युव च्यानलमार्फत उनी बीमा तथा शेयर बजार सम्बन्धि विभिन्न खालका सामाग्री अपलोड गर्छन् । उनले अपलोड गरेका तीनै शेयर बजार तथा बीमा सम्बन्धि सामाग्री हेरेर लाइक र कमेन्ट गर्ने भिजिटरहरुलाई फलो गर्छन् । र थापा बीमाको प्रस्ताव पस्कन्छन् । थापा युट्युव च्यानल मात्रै हैन अन्य सामाजिक सञ्जाल भाइवर, ह्वाटस एप मार्फत पनि सर्वसाधारणसँग जोडिन्छन् ।

अभिकर्ता पेशालाई परिभाषित गर्दै थापाले बीमक र बीमितकाबीचमा रहेर मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ताको नाम दिए । बीमा कम्पनी र बीमितको बीचमा पूलको काम गर्ने व्यक्ति अभिकर्ता हुन् थापाले भने ।

थापा भन्छन्, “बीमा आर्थिक सुरक्षा हो । बीमा अनिवार्य बचत पनि । सानो सानो बचतले भोलिको ठुलो आर्थिक जोखिम बहन हुन्छ ।” बीमा सचेतना फैलाउनका लागि विधालय तहदेखि नै बीमाको पाठ्यक्रम समावेश गर्नुपर्ने कुरामा थापाको जोड छ ।

हरेक व्यवसाय र हरेक पेशा जस्तै बीमा अभिकर्ता पेशामा पनि चुनौती रहेको थापाले बताए । थापा भन्छन्, “बीमालाई मान्छेले मृत्यु भएपछि मात्र पाउने भन्ने धारणा रहेको छ, त्यो धाराणालाई बीमा अभिकर्ताले चिर्नुपर्ने हुन्छ । बीमा गर्नुपर्छ भन्ने शिक्षाको कमी नेपाली समाजमा रहेको त्यो कमजोरी नै बीमा अभिकर्ता पेशाको चुनौती हो ।”

बीमा बजारमा अभिकर्ता भएर प्रवेश गर्न चाहानेहरुलाई लक्षित गर्दै थापाले बीमा अभिकर्ता पेशा राम्रो र सम्भावना बोकेको पेशा रहेको बताए । शैक्षिक योग्यता एसएलसी भए यो पेशाको लाइसेन्स प्राप्त गर्न सक्ने भएकाले यत्तिकै रोजगार विहिन घरमा बस्नुभन्दा यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ उनले बताए ।

सफल बीमा अभिकर्तामा कस्ता खालका गुणहरु हुनुपर्छ भन्ने प्रश्नलाई जोड दिदैँ थापाले अभिकर्तामा हुनुपर्ने महत्वपुर्ण गुण निष्ठावान रहेको बताए । आफ्नो पेशाप्रति लगनशिल र निरन्तर रुपमा लागि पर्नुपर्ने बताए । धैर्य र निरन्तर रुपमा लागि परे अभिकर्ता पेशामा सफल हुनसक्ने आफ्नै अनुभव थापाले साटे । अभिकर्ता पेशामा लागेको लामो समयपछि मात्रै उनले पहिलो बीमा गर्न सफल भएका थिए ।

बीमा अभिकर्ता पेशामा मात्रै हैन् अरु जुनै पेशामा पनि आफुमा काम गर्न सक्ने आत्मविश्वास रहनु पर्ने उनको भोगाई छ । सबैमा एउटै खालका गुण हुदैँन् । सबैले आ–आफ्नै शैलीमा बीमाको प्रस्ताव पस्कन्छन् तर पनि सबैभन्दा ठुलो गुण भने विषयवस्तुको ज्ञान अभिकर्तामा हुनुपर्ने कुरामा थापाको जोड छ । अभिकर्तामा इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु पनि चाहिँने उनको आफ्नै अनुभव छ ।

बीमा अभिकर्तामा हुनुपर्ने गुण थापामा पनि छ । दुई वर्षदेखि अभिकर्ता पेशा अपनाएका थापाको सोच आगामी दिनमा आफुसँग भएका बीमा सम्बन्धी ज्ञानलाई समेटेर यहि पेशालाई अझै समृद्ध बनाउनेछ । अभिकर्ताको लाइसेन्स लिएको पाँच महिनापछि मात्रै पहिलो बीमा गराउन सफल भएका थापाले फेरि लगातार बीमा गर्न सकेका थिएनन् । तर पनि आ–फुमा भएको धैर्यता र आत्मविश्वासलाई लिएर आफ्नो बीमा व्यवसाय विस्तार गरिरहेका छन् ।

सामामाजिक सञ्जालबाटै बीमा व्यवसाय प्रबद्र्धन गर्ने थापाले परम्परागत रुपमा बीमा अभिकर्ताहरु घर घरमा पुग्ने प्रचार शैलीको अन्त्य गर्दै सामाजिक सञ्जालबाट किप एण्ड टचमा बसेर व्यापार प्रबद्र्धन गरिरहेका छन् । यो जीवन बीमा क्षेत्रमा नयाँ आयामको रुपमा आम बीमा अभिकर्ताहरुले समेत आत्मसात गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS