IME Life New

सिभिल लघुवित्तको एकैसाथ थप ७ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीयले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यस अघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ ।

Esewa
Crest

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पुरयाउंदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउंदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउंदै आइरहेको छ ।

वित्तीय संस्थामा करिव ३६ हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम १ अर्व ६० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS