IME Life New

सिद्धार्थ बैंक १८ औं बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १७ औं बाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आज अठार वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८७ करोड रुपैयाँ सहित कुल सम्पत्ति १६ अर्व रहेको छ ।

यस बैंकले रु. १५७ अर्व निक्षेप संकलन गरी रु. १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १८८ शाखा एवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ ।

वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रुपमा स्थापित यस बैंकले झण्डै दुइ हजार पाँचसय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने देशको राजश्वमा गत वर्ष मात्रै रु. २ अर्बभन्दा बढीको योगदान पु¥याएको छ ।

जिम्मेवार एवं अग्रणाी वित्तीय संस्थाको हैसियतले आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी देशको आर्थिक विकासको लागि उद्यमशीलता अभिवृद्धि गर्नुपर्नेमा बैंकको सदैव जोड रहिआएकोले मुलभूतरुपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

व्यवसायिक गतिविधिका साथै सामाजिक एवं मानवीय दायित्व निर्वाहमा पनि बैंकले विशेष ध्यान दिएको छ । विश्वव्यापि महामारीको रुपमा देखापरेको कोभिड–१९ बाट प्रभावित उद्यमी व्यवसायीहरुलाई बैंकले कर्जामा उल्लेख्य छुट एवं सहुलियत प्रदान गरेको थियो । त्यस्तै वित्तीय साक्षरता एवं पँहुच अभिवृद्धि, विगतमा भूकम्प पिडीतलाई सहयोगदेखि वर्षेनी दैवीप्रकोपबाट प्रवाभितहरुकालागि आवश्यक सहयोग गर्ने लगायत अन्य विभिन्न तरिकाले संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका निर्वाहमा पनि बैंकले उल्लेख्य भूमिका निर्वाह गरेको छ ।

यसै क्रममा स्थापनाको १८औं बार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै आम ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग प्रणालीतर्फ समाहित हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका क्यासब्याक योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अनुसार बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा निश्चित रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS