IME Life New

सिद्धार्थ क्यापिटलको आठौं वार्षिक साधारण सभा कात्तिक १ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा कात्तिक १ गते गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सभा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल, काठमााडौंमा साँझ ५ बजे शुरु हुने क्यापीटलले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको २१ दशमलव ०५२६३२ प्रतिशत (कर सहित) नगद लाभांशको प्रस्ताव गरेको छ ।

Esewa
Crest

सभामा वार्षिक प्रतिवेदनमाथिको छलफल, आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षकको प्रतिवेदन सहित वार्षिक नाफा नोक्सान हिसाब, लाभांश पारित र लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS