IME Life New

सिटिजन लाइफद्वारा एजेन्सी म्यानेजरहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई एक लाखको बीमालेख प्रदान गरेको छ ।

कम्पनीसँंग आवद्ध बीमा अभिकर्ता (सिटिजन लिडर) हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन कम्पनीले यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले उक्त बीमा गराएको जनाएको छ। उक्त बीमा योजना कम्पनील शिखर इन्स्योरेन्स कम्पनीबाट खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले यस अघि  सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो ।

Esewa
Crest

कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । कम्पनीले आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको र यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS