IME Life New

सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वनबीच साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाण्डौ बीच (Covid 19 Pre and Post Service )सम्बन्धी साझेदारी भएको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले हालको बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुंच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लीनिक वन संग(Covid 19 Pre and Post Service)  सम्झौता गरेको छ ।

Esewa
Crest

उक्त सम्झौता अनुसार यस कम्पनीसंग सम्वन्ध व्यक्तिहरुले उक्त क्लीनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरीएको छ ।कोभिड केयर Covid 19 Pre and Post Service सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि ज्यतष्लिभ फोन नं.को व्यवस्था गरिएको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तरगन अनलाइन मार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम संचालन गरेको छ । यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विधुतिय माध्यमहरु (-e-Sewa, Fone pay, Connect IPS, Bank deposit_ ) इत्यादि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्ष देखी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS