IME Life New

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाइकल हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच बैंकले समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको हो ।

Esewa
Crest

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले उक्त मोटरसाइकल हस्तान्तरण गरेको जनाएको छ ।

यस किसिमको सहयोगबाट “प्रहरी मेरो साथी” को भावना वृद्धि हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS