IME Life New

सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सृचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र “१० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

असार २५ गते आयोजित एक विशेष समारोहका बीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

उक्त “१०।२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” सूचीकरण भएको छ। अब उपरान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ। उक्त ऋणपत्र फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS