IME Life New

सामान्य बढेको बजारमा साढे ४ अर्बको कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ६३ अंकले बढेर २,५८६ को विन्दुमा कायम भएको छ । आज १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।

आज ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । न्यादी हाइड्रोको २० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९०प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS