काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ५४ अंकले बढेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा २९९ कम्पनीको १ करोड ३९ करोड ६८ लाख २५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड माथिको शेयर कारोबार भएको छ । आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गार्डियनका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















