IME Life New

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफा दुबै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५५ प्रतिशतले बढेर ३४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ७७ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय २३ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा ४२ वटा बीमा दाबी वापत १ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने १५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १८ अर्ब रुपैयाँ संचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS