IME Life New

सानिमा रिलायन्स लाइफका कर्मचारी अन्तर्राष्ट्रिय तालिममा सहभागी हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा सो तालिम माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ । भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो ।

यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जस अन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।

Crest

सहभागीहरू प्रस्थान गर्नु अगाडी बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिँदै यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए ।

साथै आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देश दिए । प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS