IME Life New

सानिमा बैंकको साधारण सभा कात्तिक २८ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले कात्तिक २८ गते १६औं वार्षिकसाधारणसभा बोलाएको छ । बैंकको सभाका लागि आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभाले बैंक संचालक समिति बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर सहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डाहरु रहेका छन् ।बैंकले उक्त साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसका कारण कात्तिक १६ गतेसम्म कायम रहेका शेयरधनीले संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

Esewa
Crest

बैंकले यस विषम परिस्थितका कारण सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकारिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS