IME Life New

सानिमा बैंकको साधारणसभा आज हुँदै, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आज मंसिर ४ गते आयोजना गर्ने भएको छ ।सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। बैंकले उक्त आर्थिकक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते स्वीकृत गरेको थियो।

Crest

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक २५ गते बुक क्लोजगरेको थियो । यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS