IME Life New
GBIME

सानिमा जीआईसीको कुल बीमाशुल्क आर्जन साढे २ अर्ब माथि, अन्य सूचकमा पनि प्रगति

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ३३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा २०.९२ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

शेयर पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ५९ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा ४३ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड ३ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने १५ करोड ९६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ९ करोड ६१ लाख रुपैयाँ थियो।

२०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब १० करोड २९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १९.४४ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ७५ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३६.५२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ५५ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.५४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १३.६८ रुपैयाँ थियो। पीई रेसियो ३४.८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS