IME Life New

सानिमा क्यापिटलले भोलिदेखि सानिमा लार्ज क्याप फन्ड निष्कासन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा लार्ज क्याप फण्ड योजनाको प्रति इकाई रु १० दरको १० करोड इकाई अर्थात रु १ अर्ब रुपैयाको ७ बर्षे बन्दमुखी योजना मिति २०७७ माघ ९ गते शुक्रबार देखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा विक्री खुल्ला गरिएको फण्डले जनाएको छ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले मेरो शेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिनेछ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैया सम्म लगानी गर्न सकिनेछ । इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्व २० करोड रुपैया सम्म पु¥याउन सकिनेछ ।
योजना सम्बन्धी विस्तृत विवरण (आह्वान पत्र, विवरण पुस्तिका) सानिमा क्यापिटलको बेवसाइटबाट हेर्न र डाउनलोड गर्न सकिने छ ।

Esewa
Crest

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै सानिमा इक्विटी फण्डको २०७७ माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मुल्य रु १६।३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS