काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ६२ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार माघ महिनासम्ममा ६२ हजार ५२३ वटा बीमालेख समर्पणवापत कुल ८ अर्ब ५९ करोड १ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।
प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको १५ हजार ३६२ वटा पोलिसी बराबर २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३० दशमलव २४ प्रतिशत हिस्सा हो ।
त्यस्तै, नेपाल लाइफको १४ हजार २५ वटा बीमा पोलिसी वापत २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव ५० प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ८ हजार ४९१ वटा बीमा पोलिसी वापत ७८ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ९ दशमलव १६ प्रतिशत हिस्सा हो ।
नेशनल लाइफको ३ हजार ७२० वटा पोलिसी वापत ५५ करोड १५ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव ४२ प्रतिशत हिस्सा हो । एशियन लाइफको ५ हजार १११ वटा बीमा पोलिसी वापत ५४ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ३१ प्रतिशत हिस्सा छ ।
सूर्यज्योति लाइफको ३ हजार ४८३ वटा पोलिसी वापत ४६ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ४७ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ३ हजार १३७ वटा बीमा पोलिसी वापत ३७ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ४० प्रतिशत हिस्सा छ ।
मेट लाइफको २ हजार ९५ वटा बीमा पोलिसी वापत २४ करोड १२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको १ हजार ७७ वटा पोलिसी वापत १५ करोड ३६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
सिटिजन लाइफको १६ सय ६० वटा बीमा पोलिसी वापत १४ करोड ९१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ८८२ वटा बीमा पोलिसी वापत १२ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको १ हजार ७३ वटा बीमा पोलिसी वापत १२ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको ९६५ वटा बीमा पोलिसी वापत ६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ४४२ वटा बीमा पोलिसी वापत ४ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

















