IME Life New

साताको पहिलो दिनै शेयर बजारमा गिरावट, कारोबार भने ९ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमा बढोत्तरी भएको छ भने ८ वटामा गिरावट आएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १२१ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

बजारमा आज ४ कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरभाउमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ सकारात्मक सर्किट लागेको हो।

यो दिन ५ वटा स्टकमा नकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया बैंकको डिबेन्चर, दोल्ती पावर र जानकी फाइनान्सको शेयरभाउमा १० प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS