काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ४५ अंकले बटेर २,७११ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावरको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोेका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदाण्यिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















