IME Life New

साउन १ गतेदेखि विक्रीमा आउने सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बारेमा सम्पूर्ण जानकारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जारी पूँजी रू. ३ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासनमा छुट्टाएकोमा यसमध्ये प्रति शेयर रू. १०० अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मूल्य रू. २३९ मा १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रथम चरणमा साउन १ गतेदेखि आईपीओ निष्कासन गर्नेछ ।

Crest

आईपीओमा आवेदन दिने समय :
वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिनुपर्ने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय: यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९, सिम्खडा – प्लाजा, पुतलीसडक, काठमाडौँमा रहेको छ ।

शाखा संजाल :
यस कम्पनीले मिति २०८० साल असार १९ गतेसम्म ३९ शाखा कार्यालय तथा १६१ उपशाखा कार्यालयहरूबाट जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

कम्पनीको ईतिहास र स्थापना :
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई नेपाल बीमा प्राधिकरणबाट मिति २०७४/०४/१८ मा जीवन बीमा व्यवसाय गर्ने बीमकको इजाजतपत्र प्राप्त गरी मिति २०७४/०६/०६ गते देखि जीवन बीमा व्यवसायको कार्य प्रारम्भ गरी हाल सम्म निरन्तरता दिदै आईरहेको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब
चुक्ता पुँजी : २ अर्ब २४ करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : ३ अर्ब २० करोड (आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

संचालक समितिको जानकारी :
कम्पनीको संचालक समितिको अध्यक्षमा अनुज क्याल रहेका छन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा  सशांक अग्रवाल, नारायण रुंगटा, किरण के. सी र नीतु क्याल (स्वतन्त्र संचालक) रहेका छन् ।

व्यवस्थापक समितिको जानकारी :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  राजकुमार अर्याल कार्यरत छन् । सिईओ अर्यालको अनुभव यस प्रकार छ :

  • २०६३ सालदेखि २०७४ सालसम्म बीमा समितिमा कानून विभाग प्रमुख,
  • २०५९ सालदेखि २०६३ सालसम्म सहायक प्राध्यापक, काठमाडौं स्कुल अफ ल, भक्तपुर
  • २०६२ सालदेखि २०७३ सालसम्म आँशिक प्राध्यापक, एपेक्स कलेज, काठमाडौं
  • २०६३ सालदेखि हालसम्म बीमा समिति तथा अन्य प्रतिष्ठानहरुमा प्रशिक्षक

वित्तीय विवरण :
आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ७२  पैसा रहेको छ भने किताबी मूल्य १५८ रुपैयाँ ४१ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र किताबी मूल्य १४० रुपैयाँ ६३ पैसा रहेको छ ।

क्रेडिट रेटिङ्ग :
केयर रेटिङ्गस नेपालबाट मिति २०७४/०८/०६ मा ” CARE-NP BBB- (Is ) ( Pronounced as Triple B Minus ( Issuer) ” प्राप्त गरेको छ । जसले समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनीलाई ( Moderate Degree of safety regarding timely servicing of financial obligations ) जनाउँदछ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक :
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

74%

खुसी

0%

दु :खी

11%

अचम्मित

5%

उत्साहित

11%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS