IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११८ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडगत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको नफामा उल्लेख्य बृद्धि भएको छ ।

समिक्षा अवधिको असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ११८ दशमलव १८ प्रतिशतले बढी हो

Esewa
Crest

त्यस्तै, बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा खुद ब्याज आम्दानी १४ दशमलव ०६ प्रतिशत बढेको छ बैंकको सञ्चालन मुनाफा १०९ दशमलव २१ प्रतिशत बढेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोषमा ४० दशमलव १२ प्रतिशतले संचिती बढेको छ । त्यसैगरी, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप ४८ दशमलव ५७ प्रतिशत र कर्जा लगानी ४४ दशमलव ३० प्रतिशत बढेको छ।

यस अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS