IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच गाडी खरिद विक्रीका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा. लि का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर ग।रेका हुन् ।

Esewa
Crest

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्खबाट नयाँ गाडी खरीद गर्न चाहेमा बैंकका शाखा कार्यालयहरुबाट कर्जा प्राप्त गर्न सक्नेछन् ।

भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने अटो शोमा यस बैकको स्टल न २० बाट थप जानकारी लिनका लागि बैंकले जानकारी समेत दिएको छ ।

हालसम्म बैंकले ८६ शाखा कार्यलयबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS