IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा विजयपुर आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले विजयपुर आध्यात्मिक मञ्चलाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रदेश नं. १ धरानस्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको हो ।

उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुँदै विजयपुर चोकसम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा एक लाख एघार हजार रुपैयाँ रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS