IME Life New

सहुलियतपूर्ण कर्जा प्रभावकारी कार्यान्वयन भएन:राजन बिक्रम थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारद्धारा ब्याज अनुदान समेत प्रदान गर्ने गरी नेपाल राष्ट्र बैंकमार्फत कार्यान्वयनमा ल्याईएको सहुलियत कर्जाको प्रभावकारी रुपमा लागु हुन नसकेको केन्द्रीय बैंकका अधिकारीले नै स्वीकार गरेका छन् ।

नेपाल राष्ट्र बैंंक, बीरगंज कार्यालयको आयोजनामा साउन २२ गते नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्था बमोजिम प्रवाह हुने सहुलियतपूर्ण कर्जा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनबिक्रम थापाले यस्तो बताएका हुन् ।

Esewa
Crest

सहुलियत कर्जाको विषयको एकदिने अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनबिक्रम थापाले सरकारले उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको यो कार्यक्रमको प्रभावकारिताका लागि बैंक तथा वित्तीय संस्थाको प्रयास नपुगेको बताएका हुन् ।

साथै, सेवाग्राहीले पनि यसका बारेमा समयमा आवश्यक जानकारी लिएर बैंक तथा वित्तीय संस्थामा कर्जा माग गर्न नसकेकोले अपेक्षा अनुरुप प्रगति हासिल हुन नसकेको जानकारी दिए ।

कार्यक्रममा बीरगंजस्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रका पदाधिकारीहरु, घरेलु तथा साना व्यवसायीहरु, महिला उद्यमीहरु, अगुवा कृषकहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहुलियत कर्जाको नीतिगत पक्षमा नेपाल राष्ट्र बैंक, बेैंक तथा वित्तीय संस्था नियमन विभागका उप निर्देशक केशव प्रसाद तिमिल्सिनाले एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै, उद्योग वाणिज्य संघ, बीरगंजका कार्यवाहक अध्यक्ष सुबोध कुमार गुप्ताले यस्तो कार्यक्रमले बैंकरहरु र सेवाग्राही विच रहेको दुरी घटाउन र सरकारी तवरबाट कार्यान्वयनमा ल्याइएको नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS