IME Life New

सस्तियो कर्जाको ब्याजदर, कुन बैंकबाट कतिसम्ममा पाइन्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले उपलब्ध गराउने कर्जाको ब्याजदर असारमा सस्तिएको छ। अधिकांश वाणिज्य बैंकको असारका लागि आधारदर घटेको छ। योसँगै कर्जाको ब्याजदर पनि घटेको हो।

सञ्चालनमा रहेका २० मध्ये १८ वटा आधारदर सार्वजनिक गरेका छन्। तीमध्ये १६ वटाले घटाएका छन् भने २ वटाले बढाएका छन्।

Crest

असारमा वाणिज्य बैंकहरुको औसत आधारदर घटेर ८.४७ प्रतिशतमा झरेको जेठमा औसत आधारदर ८.७ प्रतिशत थियो।

बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लिँदै आएका छन्। तर, पछिल्लो समय कर्जाको माग बढ्न नसक्दा बैंकहरुले कर्जाको न्यून प्रिमियम जोडेर ब्याजदर तोक्दै आएका छन्। बैंकहरुले अहिले अधिकांश कर्जामा अधिकतममा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन्।

प्राप्त तथ्यांकअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ७.२१ प्रतिशत रहेको छ। एभरेष्ट र नबिल बैंकको पनि आधारदर ८ प्रतिशत तल नै रहेको छ।

सबैभन्दा धेरै आधारदर कुमारी बैंकको ९.४८ प्रतिशत रहेको छ। प्राइम, एनआईसी एसिया र हिमालयन बैंकको आधारदर पनि ९ प्रतिशत माथि नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS