IME Life New

सरकारले भुक्तानी गर्न थाल्यो कोरोना बीमाको दाबी, पहिलो चरणमा ५ करोड ५२ लाखको भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न थालेको हो। बीमा पुलमा रहेको कोष सकिए सँगै सरकारले दाबी भुक्तानी गर्न थालेको हो। साढे तीन अर्ब रुपैयाँसम्म बीमा पुल मार्फत भुक्तानी हुने व्यवस्था छ। बिहीबारसम्ममा बीमा कम्पनीहरुले कोभिड संक्रमित बीमितलाई तीन अर्ब ५५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्। जसमा सरकारको दायित्व ५ करोड ५२ लाख रुपैयाँ पर्न गएको हो। अवको सम्पुर्ण दाबी भुक्तानी नेपाल सरकारले नै गर्नु पर्छ।

अव हुने सम्पुर्ण दाबी नेपाल सरकारले नै गर्नेछ। अहिलेसम्म बीमा कम्पनीले ६५ हजार ५१९ जनाको फाइल चेक जाँच गरिसकेका छन्। फाइल पुरा भएका मध्ये ३६ हजार ५६९ जनाले दाबी भुक्तानी पाएका हुन्। कागजपत्र पुरा भएका अझै २८ हजार ९५० जनाले दाबी पाउन बाँकी छ। कम्पनीहरुले ८ हजार ५५४ वटा पोलिसीको फाइल चेक जाच गरिरहेका छन्।

Esewa
Crest

हाल कोभिड १८ हजार ५५४ जनाको कोभिड परिक्षण रिपोर्ट चेकजाचका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको बीमा समितिले जनाएको छ। उक्त फाइल मध्ये ९ हजार ६२ जनाको भेरिफाइ भएर आइसकेको छ। पुर्ण कागजपत्र नभएका कारण तीन हजार ३७५ जनाको फाइल कम्पनीलाई नै फिर्ता पठाइएको समितिले जानकारी दिएको छ।

कोरोना बीमा मापदण्ड २०७७ अनुसार ३६५ जनाको आवेदन अयोग्य भएको छ। जसमा पोलिसी खरिद गरेको १५ भित्रै कोरोना पोजेटिभ देखिएका र  दोहोरो आवेदनका कारण अयोग्य ठहरिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS